Government of Nepal
Ministry of Industry
Singhadurbar, Nepal

Press Releases

News & Notices

Media Center

Events

08
May

Press Releases

By : MOI

प्रेस विज्ञप्ती १

उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरेर भरपुर फाईदा लिन अन्तराष्ट्रिय लगानी कर्ताहरुलाई आग्रह गर्नुभएको छ । उद्योग मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको नेपाल स्थित कुटनैतिक नियोगका प्रतिनिधीहरु सँगको छलफल कार्यक्रममा मन्त्री जोशीले नेपाल सम्भावनै सम्भावना भएको मुलुक हो भन्नु हुँदै लगानीका लागि नेपाल उपय्क्त गन्तव्य हो भन्नुभयो ।

लगानीकर्ताहरुले विगतमा औंल्याएका लगानीका लागि अप्ठ्यारा कतिपय ऐन नियमहरुमा समय समयिक सुधार गरिसकिएको र कतिपय ऐनहरु निर्माणको अन्तिम चरणमा रहेको भन्दै मन्त्री जोशीले अहिले पनि नेपालमा लगानी गरिरहेका लगानी कर्ताहरुले मनग्य नाफा कमाईरहेको बताउनु भयो । 

उद्योग मन्त्रालयले अहिले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रमलाई अगाडी बढाईरहेको भन्दै मन्त्री जोशीले लगानी सम्मेलनमा व्यक्त प्रतिवद्धतालाई परिणाममा उतार्न उद्योग मन्त्रालय नेपाल स्थित विदेशी कुटनैतिक नियोगहरुसँग समन्वयात्मक ढंगले अगाडी बढ्न तयार रहेको बताउनु भयो ।

आगामी आर्थिक बर्षको बजेटमा उद्योग मन्त्रालयले विशेष गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको चन्दै मन्त्री जोशीले मन्त्रालयले प्रत्येक बर्ष १० खर्ब रुपैंया लगानी भित्र्याई बार्षिक ५० हजार रोजगारी सृजना गर्ने उद्धेश्यका साथ कार्यक्रम अगाडी बढाएको जानकारी गराउनु भयो ।

आर्थिक विकासका विषयमा नेपालका राजनितीक दलहरु एकजुट रहेको भन्दै मन्त्री जोशीले आगामी स्थानीय निर्वाचनको घोषणा पत्रमा समेत मुलुकका प्राय सबै दलले आर्थिक मुद्धालाई केन्द्रविन्दुमा राखेको बताउनु भयो ।

छलफलमा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगत विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन अनलाईन सेवालाई बढावा दिईएको बताउनु भयो ।

औद्योगिक व्यवसाय ऐन २०७३ मा व्यवस्था गरिए अनुरुप उद्योग सम्वन्धी सेवालई छिटो छरितो बनाउन एकद्धार सेवा उद्योग विभागबाट सुरु गरि सकिएको भन्दै सचिव कोईरालाले लगानी सम्मेलनमा प्राप्त सहयोगका लागि कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

छलफलमा सहभागी कुटनैतिक निकायका प्रतिनिधिहरुले नेपालमा उद्योग स्थापना गर्न प्रकृयागत जटिलताहरु रहेको भन्दै त्यसलाई सरलिकृत गरेर अगाडी बढ्न सके नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायहरु आकर्षित रहेको बताउनु भयो ।

नेपालले आवश्यक नीति नियमहरु बनाउँदा छिमेकी मूलुकहरुसँग प्रतिष्पर्धी हुने हिसावले ऐन नियम तर्जुमा गर्न समेत उहाँहरुले सुझाव दिनुभयो ।

विगत लामो समयदेखी छलफलमा रहेको श्रम ऐनको वर्तमान अवस्थाका वारेमा समेत उहाँहरुले जिज्ञासा राख्नुभउको थियो ।

यसरी जिज्ञासा राख्नेहरुमा अमेरिका, जापान, फिनल्याण्ड, युएई, युएनडिपी र ब्राजिलका प्रतिनिधीहरु रहेका थिए ।

प्रेस विज्ञप्ती २

भक्तपुरको सिरुटारमा पानीको लागि बेल खन्दा निस्केको प्राकृतिक ग्यासको अवस्था वारे आज उद्योग मन्त्री नवीन्द्रराज जोशीेले स्थलगत निरिक्षण गरी सुरक्षाका उपाय तत्काल अपनाउन सम्वन्धित निकायलाई  निर्देशन दिनुभयो । खानेपानी विभागले पानीको लागी बेल खन्दा प्राकृतिक ग्यास निस्केर आगलागी समेत भएको थियो । पानीको लागि बेल खन्दा निस्केको सो प्राकृतिक ग्यास आर्थिक र व्यवसायिक रुपले सम्भाव्य छ कि छैन त्यसको आवश्यक अध्ययन अन्वेषण गर्न मन्त्री जोशीले खानी तथा भूगर्भ विभागलाई निर्देशन दिनुभयो ।

भक्तपुरको सिरुटारमा प्राकृतिक ग्यास निस्केको जानकारी पछी हिजो नै खानी तथा भूगर्भ विभागको टोलीले सो क्षेत्रको प्राविधिक निरिक्षण गरी सुरक्षाका लागि निर्माणाधीन बेल वन्द गर्नुपर्ने रिपोर्ट दिएको थियो । सोही अनुरुप हाल सो बेल बन्द गरिएको भएपनि ग्यास आउने क्रम रोकिएको छैन । पानीको बेल खन्दा प्रयोग भएका सामानहरु तत्काल हटाई ग्यास आउन नसक्ने गरी बन्द गर्न खानी तथा भूगर्भ विभागले सुझाव दिएको छ ।