Government of Nepal
Ministry of Industry
Singhadurbar, Nepal

Press Releases

News & Notices

Media Center

Events

08
May

Press Releases

By : MOI

प्रेस विज्ञप्ती

उद्योग मन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालय स्तरिय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री जोशीले अहिले जनमानसमा उद्योग मन्त्रालयबाट धेरै अपेक्षा रहेको भन्दै जनअपेक्षालाई पुरा गर्न मन्त्रालय र मन्त्रालय अन्तर्गतबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन निर्देशन दिनुभयो ।

अहिलेको समय आर्थिक क्रान्तिका लागि उपयुक्त समय भएको भन्दै मन्त्री जोशीले आर्थिक परिवर्तनको सम्वाहक उद्योग मन्त्रालय बन्न सक्छ भन्नुभयो ।

उद्योग मन्त्रालय सम्हालेको यो ७ महिनाको अवधिमा धेरै उपलब्धि प्राप्त भएको भन्दै मन्त्री जोशीले प्राप्त उपलब्धीलाई सन्तुष्टि होईन खुसी मानेर थप उपलब्धीका लागि कार्य गर्न सामुहिक प्रयासको खाँचो रहेको भन्दै उद्योग मन्त्रालयले लिएको लक्ष प्राप्तिमा सघाउन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

काम सँग लगाव राखेर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिंदै मन्त्री जोशीले आफ्नो कमजोरीलाई समेत समिक्षा गरेर अगाडी बढ्न निर्देशन दिनुभयो ।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग मन्त्रालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै वेरुजु फछ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न अह्राउनु भयो ।

पूँजीगत खर्चमा जोड दिन निर्देशन दिँदै सचिव कोईरालाले खर्च हुन नसक्ने आयोजनाको विवरण कारण सहित तत्काल उपलब्ध गराउन