Government of Nepal
Ministry of Industry
Singhadurbar, Nepal

Press Releases

News & Notices

Media Center

Events

12
May

Press Releases

By : MOI

प्रेस विज्ञप्ती

उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सधाउने भएको छ ।

                सहमति अनुसार उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रमले संचालन गर्ने मोतिविन्दु रोगको सल्यकृया गरी प्रत्यारोपण गरिने कृतिम लेन्सको उत्पादन गर्ने तथा सोका लागि आवश्यक सहायक सामाग्रि तथा कच्चा पदार्थ समेतको उत्पादन गर्ने, उद्योग स्थापनाका निमित्त सहजिकरण र समन्वय गर्ने ।

उद्योगबाट उत्पादित लेन्सको अन्तराष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनितिका माधयमबाट आवश्यक सहकार्य गर्ने ।

                उद्योग मन्त्रालयले लेन्स उद्योग स्थापनामा रहेको प्रकृयागत समस्यालाई प्रचलित कानुनको दायरामा रही समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने ।

लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकाता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजिकरण गर्ने ।

उद्योगको लागि उत्पादन वृद्धि प्रवद्र्धन तया संरक्षण गर्न आवश्यक भौतिक, आर्थिक तथा नीतिगत सहयोगको लागि आवश्यक पहल गर्ने ।

उद्योग मन्त्रालयले लेन्स उद्योगको क्षमता सिवस्ताको लागि आवश्यक भौतिक, आर्थिक र प्रर्वाधार विकासका लागि आवश्यकता अनुसार सहजिकरण गर्ने ।

नेपाल भित्रने कम गुणस्तरका सस्ता लेन्सहरुको आयातलाई रोक्न उद्योग मन्त्रालयले आवश्यक पहल गर्ने । लेन्स उद्योगको लागि आवश्यक कच्चा पदार्थ तथा मेशिनरी आयातमा उद्योग मन्त्रालयले सहजिकरणको भूमिका निर्वाह गर्ने ।

सहमति अनुसार नेपाल आँखा कार्यक्रमले नेपालको प्रचलित कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्धेश्य राखि अविलम्व लेन्स उद्योग स्थापना गर्ने ।

हाल नेपाल आँखा कार्यक्रम अन्तरगत संचालनमा रहेको उद्योग मातहत रहेका सम्पुर्ण  मेहिनरी औजार प्रविधि सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याउने ।

लेन्स उद्योगले उद्योग क्षेत्रमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरी स्थानिय जनताको हित प्रवद्र्धनमा काम गर्ने ।

गुणस्तरिय लेन्सको उत्पादन गरी नेपालमा विक्री वितरण गर्नुका साथै आयात प्रतिस्थापन गर्ने गरी सहमति भएको छ ।

नेपाल आँखा कार्यक्रम अन्तरगत हाल तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले ४९ लाख लेन्स उत्पादन गरी विक्री वितरण गरेको छ ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट उत्पादित लेन्स विभिन्न १७ मूलुकमा निर्यात भै ५० भन्दा बढि मुलुकमा वितरण भएकोले यसले राष्ट्रको प्रतिष्ठा बढ्को साथै वैदेशिक मुद्रा आर्जनमा समेत सघाउ पुग्न गएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताउनु भयो ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट हाल संचालित उद्योगको बार्षिक लेन्स उत्पादन क्षमता ५ लाख रहेको तर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बार्षिक १५ लाख लेन्स विक्री वितरण गर्न सकिने सम्भाव्यतालाई मध्यनजर गर्दै उद्योगको क्षमता विस्तारमा उद्योग मन्त्रालयले सघाउने निर्णय गरेको मन्त्री जोशीले त्यस अवसरमा बताउनु भयो । सो अवसरमा नेपाल आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुईतले अन्तराष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरिय उत्पादनका रुपमा ख्याति कमाईसकेकाले उद्योग मन्त्रालयको सहयोगमा विस्तार हुने उद्योगबाट बढि भन्दा बढि मात्रामा लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्न जाने बताउनु भयो ।

सो सम्वन्धि सहमति पत्रमा आज उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उद्योग मन्त्रालयका तर्फबाट उद्योग मन्त्रालयका सह- सचिव पुरुषोत्तम नेपालले र नेपाल आँखा कार्यक्रमका तर्फबाट कार्यक्रमका कायकारी निर्देशक डा. सन्दुक रुईतले हस्ताक्षर गर्नुभयो । 

                                                                                                 

प्रेस विज्ञप्ती २

रोजगारी वृद्धि गरी मुलुकको कूल गाह्रस्थ उत्पादन न्म्ए मा उद्योग क्षेत्रको योगदान बढाउने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विभिन्न कार्यक्रमहरु प्रस्ताव गरेको छ । जस अन्तरगत विराटनगर, गोर्खा र धनगढीमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने चीन र भारतको सीमा क्षेत्रमा क्रस बोर्डर विशेष आर्थिक क्षेत्र निर्माण गर्ने ।

छिमेकी मुलुकमा सीमा क्षेत्रको साथै अन्तराष्ट्रिय विमानस्थलको आसपासका क्षेत्रमा निर्यात प्रवद्र्धन केन्द्रको स्थापना गर्ने प्रस्तावित कार्यक्रमलाई अगाडी सारेको छ ।

यसका साथै निजी क्षेत्रको लगानीमा एकल वस्तु उत्पादन विशेष आर्थिक क्षेत्रको स्थापना गरी सरकारका तर्पmबाट त्यस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माणमा सहयोग गर्ने मन्त्रालयको प्रस्ताव छ । सिमेन्ट उद्योगहरुको स्थापनाका लागि खानी स्थलसम्मको पहुँच मार्ग निर्माणलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडी बढाउने भएको छ ।

उद्यमी महिलाहरुलाई व्यवसायिक योजनाका आधारमा समूहगन रुपमा प्रति उद्यमी समुह २५ लाख रुपैँया सम्मको सरल वित्तिय लगानी जुटाउने  कार्यक्रम समेत उद्योग मन्त्रालयले अगाडी सारेको छ ।

त्रिपुरेश्वरमा रहेको उद्योग विभागको परिसरमा औद्योगिक टावर निर्माण गरी औद्योगिक प्रशासनको काम एकै स्थानबाट प्रदान गर्ने र लैनचौर स्थित खानी तथा भूगर्भ विभागको हाताभित्र भौगर्भिक तथा पेट्रोलियम अनुषन्धान कार्यहरु सम्पन्न गर्न भूकम्पिय एवं भौगर्भिक विज्ञान टावरको निर्माण गर्ने कार्य योजना मन्त्रालयले अगाडी सारेको छ । अल्लो प्रशोधन कार्यलाई सहजिकरण गर्न आगमी आर्थिक बर्षमा थप १५ जिल्लामा अल्लो प्रविधि हस्तान्तरण कार्यक्रम संचालन गर्ने र गलैंचाको बार्षिक निर्यातलाई २५ अर्व रुपैंया पु¥याउने कार्य योजना मन्त्रालयको छ ।

नेपालमा उत्पादित तथा विदेश वस्तुहरुको गुणस्तर परिक्षण गर्न आकस्मिक घुम्ती टोली गठन गर्ने र यस्तो टोलीले उजुरी आएको १ घन्टा भित्र उद्योगमा पुगि गुयास्तर परिक्षण गरिसक्ने गरी व्यवस्था मिलाईने भएको छ ।

यसका लागि मोवाईल एप्सबाट  उजुरी प्राप्त गरी तत्काल सम्वोधन गर्ने व्यवस्था गर्न लागिएको छ ।

साना तथा मझौला, लघु तथा घरेलु उद्योगबाट स्तरोन्नती भै साना उद्योग बनेका उद्यमीहरुलाई सहयोग गर्न औद्योगिक पूर्वाधारको विकास तथा प्रविधि तालिम र अन्य कार्यक्रमहरु संचालन गर्न टेवा कार्यकmम संचालन गर्ने कार्य योजना मन्त्रालयले अगाडी सारेको छ । ७ वटा प्रदेशमा Business Incubation Center र घरेलु तथा साना उद्योगसँग सम्वन्धित सूचना केन्द्रहरु स्थापना गरिने मन्त्रालयको योजना छ । काठमाडौं उपत्यका लगाएत मुलुकका अन्य स्थानहरुमा Industrial Center for Excellience स्थापना गर्ने कार्य योजना मन्त्रालयको छ ।

आँखामा लगाउने लेन्स उत्पादन गर्ने उद्योगलाई विस्तार गर्न सघाउने उद्धेश्य मन्त्रालयले राखेको छ । सूचना र प्रविधिको क्षेत्रमा नविनतम सृजना गरी अत्यावश्यक सेवा प्रवाहमा सहयोग पु¥याउने प्रस्ताव सहित मन्त्रालयले कार्य योजना अगाडी बढाएको छ । यसै गरी प्रादेशिक तहमा तिब्र आर्थिक विकासको उद्धेश्य हासिल गर्न सहरी विकास मन्त्रालयसँग सहकार्य गरी हिमाल, पहाड र तराईमा एक एक वटा भूकम्प प्रतिरोधी औद्योगिक नगर Industrial Smart City को विकास गर्ने कार्ययोजना मन्त्रालयले अगाडी बढाएको छ ।

नगरपालीकाहरु सँगको सहकार्यमा काठमाडौं र ललितपुर नगरको वाग्मती नदिको किनारामा निजी क्षेत्रको लगानीमा मनोरञ्जन उद्योग Amusement Industry  निर्माण गर्ने कार्य योजना मन्त्रालयको छ । स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सँघ मार्पmत ७४४ वटै स्थानीय तहमा कम्तीमा एउटा स्थानीय उद्यमशील समूह गठन गरी देशव्यापी रुपमा स्वरोजगार कार्यक्रम सुरु गर्ने र प्रत्येक स्थानीय निकायले कम्तिमा एक उत्पादनलाई प्राथमिकता प्राप्त उत्पादनको रुपमा तोक्न लगाई त्यस्तो वस्तु उत्पादन गर्ने प्रविधिलाई अनुदानको व्यवस्था गर्ने प्रस्तावित कार्ययोजना समेत मन्त्रालयले अगाडी सारेको छ ।

नेपालमा वैदेशिक लगानी बढाउन विश्वका विभिन्न सहरहरु जस्तै मुम्वई, सांघाई, सिउल, बर्लिन, लण्डन, टोकियो, सिड्नी र सियाटल लगाएतका सहरहरुमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने कार्य नीति समेत मन्त्रालयले सार्वजनिक गरेको छ । विहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले दास्रो चरणको आर्थिक सुधार कार्यक्रम अन्तरगत मन्त्रालयले नीतिगत सुधारका साथै औद्योगिक पूर्वाधारको विकास र औद्योगिक प्रशासनलाई समेत सरलिकृत बनाउँदै लैजाने नीति अनुरुप यी प्रस्तावहरु अगाडी सारिएको बताउनु भयो ।

उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले रोजगारी वृद्धि गरी कुल गाह्रस्थ उत्पादन न्म्ए मा उद्योग क्षेत्रको योगदान वृद्धि गर्ने उद्धेश्यले मन्त्रालयद्धारा प्रस्तावित १७ वटा यि नयाँ कार्यक्रमहरुका लागि थप ६ अर्व ३५ करोड रुपैंया बजेट आवश्यक रहेको बताउनु भयो ।

सो अवसरमा मन्त्रालयका योजना महाशाखाका प्रमुख सहसचिव पुरुषोत्तम नेपालले मन्त्रालयबाट प्रस्तावित कार्यक्रमहरुका वारेमा पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

 

                उद्योग मन्त्रालयले लेन्स उद्योग स्थापनामा रहेको प्रकृयागत समस्यालाई प्रचलित कानुनको दायरामा रही समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने ।

लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकाता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजिकरण गर्ने ।

उद्योगको लागि उत्पादन वृद्धि प्रवद्र्धन तया संरक्षण गर्न आवश्यक भौतिक, आर्थिक तथा नीतिगत सहयोगको लागि आवश्यक पहल गर्ने ।

उद्योग मन्त्रालयले लेन्स उद्योगको क्षमता सिवस्ताको लागि आवश्यक भौतिक, आर्थिक र प्रर्वाधार विकासका लागि आवश्यकता अनुसार सहजिकरण गर्ने ।

नेपाल भित्रने कम गुणस्तरका सस्ता लेन्सहरुको आयातलाई रोक्न उद्योग मन्त्रालयले आवश्यक पहल गर्ने । लेन्स उद्योगको लागि आवश्यक कच्चा पदार्थ तथा मेशिनरी आयातमा उद्योग मन्त्रालयले सहजिकरणको भूमिका निर्वाह गर्ने ।

सहमति अनुसार नेपाल आँखा कार्यक्रमले नेपालको प्रचलित कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्धेश्य राखि अविलम्व लेन्स उद्योग स्थापना गर्ने ।

हाल नेपाल आँखा कार्यक्रम अन्तरगत संचालनमा रहेको उद्योग मातहत रहेका सम्पुर्ण  मेहिनरी औजार प्रविधि सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योगको मातहतमा ल्याउने ।

लेन्स उद्योगले उद्योग क्षेत्रमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरी स्थानिय जनताको हित प्रवद्र्धनमा काम गर्ने ।

गुणस्तरिय लेन्सको उत्पादन गरी नेपालमा विक्री वितरण गर्नुका साथै आयात प्रतिस्थापन गर्ने गरी सहमति भएको छ ।

नेपाल आँखा कार्यक्रम अन्तरगत हाल तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले ४९ लाख लेन्स उत्पादन गरी विक्री वितरण गरेको छ ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट उत्पादित लेन्स विभिन्न १७ मूलुकमा निर्यात भै ५० भन्दा बढि मुलुकमा वितरण भएकोले यसले राष्ट्रको प्रतिष्ठा बढ्को साथै वैदेशिक मुद्रा आर्जनमा समेत सघाउ पुग्न गएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताउनु भयो ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानबाट हाल संचालित उद्योगको बार्षिक लेन्स उत्पादन क्षमता ५ लाख रहेको तर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बार्षिक १५ लाख लेन्स विक्री वितरण गर्न सकिने सम्भाव्यतालाई मध्यनजर गर्दै उद्योगको क्षमता विस्तारमा उद्योग मन्त्रालयले सघाउने निर्णय गरेको मन्त्री जोशीले त्यस अवसरमा बताउनु भयो । सो अवसरमा नेपाल आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुईतले अन्तराष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरिय उत्पादनका रुपमा ख्याति कमाईसकेकाले उद्योग मन्त्रालयको सहयोगमा विस्तार हुने उद्योगबाट बढि भन्दा बढि मात्रामा लेन्स उत्पादन गरी विश्व बजारमा बेच्न सके यसले मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्न समेत सघाउ पुग्न जाने बताउनु भयो ।

सो सम्वन्धि सहमति पत्रमा आज उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उद्योग मन्त्रालयका तर्फबाट उद्योग मन्त्रालयका सह सचिव पुरुषोत्तम नेपालले र नेपाल आँखा कार्यक्रमका तर्फबाट कार्यक्रमका कायकारी निर्देशक डा. सन्दुक रुईतले हस्ताक्षर गर्नुभयो ।